आइसीएफसी फाइनान्सले सार्वजनिक गर्यो नाफा घटेको वित्तीय विवरण
काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ ।
फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवतरण अनुसार चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा नाफामा २.०१ प्रतिशतको गिरावट देखिएको छ ।
गत आवको तेस्रो त्रैमासमा १० करोड ९५ लाख ७६ हजार ७६४ रुपैयाँ नाफा आर्जत गरेको फाइनान्सले चालु आवको सोही अवधिमा १० करोड ७३ लाख ७० हजार १९१ रुपैयाँ नाफा आर्जन गरेको छ ।
चालु आवको तेस्रो त्रैमासमा फाइनान्सको नाफामा गिरावट आएपनि खुद ब्याज आम्दानीमा भने कुनै असर देखिएको छैन । गत आवको तेस्रो त्रैमासमा २६ करोड ७० लाख २५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ३२ करोड ७१ लाख ८३ हजार ५२५ रुपैयाँ आर्जन गरेको छ ।
यस्तै सञ्चालन मुनाफामा भने गिरावट देखिएको छ । गत आवको तेस्रो त्रैमासमा १५ करोड ६३ लाख ३५ हजार ९१२ रुपैयाँ आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा १५ करोड २९ लाख ९५ हजार ५२० रुपैयाँमा सिमित भएको छ ।
९२ करोड ६५ लाख २ हजार रुपैयाँ पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २७ करोड २९ लाख ८९ हजार ६९३ रुपैयाँ रहेको छ ।
११ अर्ब ६२ करोड ४४ लाख २३ हजार ९२२ रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ९ अर्ब ७ करोड ५० लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको खराब कर्जा ०.३८ प्रतिशतबाट बढेर ०.६५ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ रहेको छ ।