भाषा परीक्षा उत्तीर्ण गर्नेलाई कोरिया जान दिने सरकारको निर्णय



काठमाडौं । सरकारले कोरियन भाषा उत्तीर्ण गर्नेहरुलाई कोरिया जान दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको निर्णयले भाषा उत्तीर्ण गरेकाहरुलाई रोजगारीका लागि कोरिया जान अनुमति दिने निर्णय गरेको अर्थ एवम् सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

‘इपीएस अन्तर्गत कोरियामा श्रमिकका रुपमा काम गर्न जाने श्रमिकलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान  दिन निर्णय भएको छ,’ उनले भने ।

आइतबार बसेको बैठकले लकडाउनको अवधि लम्बाएर बैशाख २५ गतेसम्म पुर्याउने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु