भारतमा कोरोनाः मुम्बईमा २ प्रहरीको मृत्यु, महाराष्ट्रमा ९५ जना संक्रमित




एजेन्सी । भारतको मुम्बईमा २ जना प्रहरीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । सुरक्षाकर्मीको मृत्यु भएपछि शहरका प्रहरीहरुमा त्रास छाएको छ ।
एक बरिष्ठ अधिकारीका अनुसार मुम्बईमा कोरोनाबाट सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो ।

कोरोनाबाट मृत्यु हुने सुरक्षाकर्मीहरुमा सन्दिप सर्भ र चन्द्रकान्त पेन्डुरकर रहेका छन । पेन्डुरकर भकोला प्रहरी कार्यालयमा कार्यरत थिए । अप्रिल २२ मा असजिलो महसुस भएपछि उनलाई नाइर अस्पतालमा लगिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

मुम्बई प्रहरीका कमिसनर पराम वीर सिंहले टुइट गर्दै मुम्बई प्रहरीले दुई जना प्रहरी गुमाएको बताएका छन ।

तर उनीहरुमा कहिले र कसरी कोरोना संक्रमण भयो भन्नेबारे केहि खुलाइएको छैन । उनीहरुका नजिकका मानिसहरु कोरोना संक्रमण पुष्टि भई अस्पतालमा उपचार गराइरहेका छन ।

मृतक प्रहरीहरुसँग सम्पर्कमा आएका अन्य प्रहरीहरुलाई पनि उनीहरुकै घरमा क्वारेन्टाइनमा राखिएको छ ।

भारतमा कम्तिमा ४० प्रहरीमा कोरोनाा संक्रमण पुष्टि भइसकेको छ र अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन ।

भारतको सर्वाधिक कोरोना प्रभावित मुम्बईमा ५ हजारभन्दा धेरै कोरोना संक्रमित रहेका छन भने १ सय ९१ जनाले ज्यान गुमाएका छन ।


क्लिकमान्डु