माछापुच्छ्रे बैंक का सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धकमा बढुवा



काठमाडौं । माछापुच्छ्रे बैंकमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलिसक्नु भएका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

बैंकिङ क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जुकुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

सन् २००० बाट बैंकिङ्ग करियर सुरु गर्नुभएका थापासँग बैंक अफ काठमाण्डू तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्छन् । विगत ६ वर्ष देखि माछापुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसँग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राख्छन् ।

सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ«े बैंकमा कार्यरत छन् । उनीसँग एभरेष्ट बैंक तथा एनआइसी बैंकमा विभिन्न भुमिकामा काम गरेको अनुभव छ ।


पुष्प दुलाल