स्वास्थ्य सामग्री अनियमिततामा लेखा समितिले छानबिन गर्ने, सम्बन्धित सबै कागजात माग्यो



काठमाडौं । स्वास्थ्य सामग्री उपकरण खरिदका विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ ।

सरकारले स्वास्थ्य सामग्री उपकरण खरिद गर्दा स्वास्थ्य सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टलनेसनलसाग खरिद प्रक्रिया अगाडि बढाएको र सम्झौता रद्द भएको विषयमा छानबिन गर्ने भएको छ ।

यसै समबन्धमा स्वास्थ्य मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेका सम्पूर्ण कागजातहरु ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिनका लागि निर्देशन दिएको छ ।

समितिका सचिव डा. रोजनाथ पाण्डेले कागजात तथा सम्पूर्ण विवण उपलब्ध गराइदिन निर्देशन दिएका छन् ।


पुष्प दुलाल