भारतमा कोरोनाका कारण थप एक डाक्टरको मृत्यु




एजेन्सी । भारतको बंगालमा कोरोना भाइरसका कारण थप एक जना डाक्टरको मृत्यु भएको छ ।

पश्चिम बंगालको स्वास्थय सेवाका उप निर्देशक समेत रहेका डाक्टर विप्लब कान्ती दासगुप्काको कोरोनाका कारण ज्यान गएको हो ।

भारतको स्वास्थ मन्त्रालयका अनुसार कोरोनाका कारण भारतमा २६ हजार भन्दा धेरै संक्रमित भइसकेका छन । कोरोना कारण ज्यान गुमाउनेको संख्या ८ सय २४ पुगेको छ भने ५ हजार ८ सय ३ जना निको भएर घर फर्किएका छन ।

भारतमा कोरोना नियन्त्रणका लागि देशव्यापी लकडाउन जारी रहेको छ भने पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीले दो गज दुरी, बुहत है जरुरी अर्थात दुई गज दुरी, निकै जरुरी नियम जारी गरेका छन । साथै उनले लकडाउनका कारण आप्रबासी र अन्य जनतामा परेकोे असरप्रति क्षमायाचना समेत व्यक्त गरेका छन ।

भारतका विभिन्न राज्यमा स्वास्थकर्मीहरु माथि आक्रमणका घटना पनि भइरहेका छन । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु कोरोनाका साथै भौतिक आक्रमणको शिकार बनेपछि स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष निगरानी बढाइएको एजेन्सीहरुले उल्लेख गरेका छन ।


क्लिकमान्डु