१६ दिनमा १ लाख कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या २ लाख नाघ्यो



एजेन्सी । कोरोना महामारीका कारण १६ दिनमा १ लाख जनाको मृत्यु भएको छ ।

चीनको बुहानमा कोरोनाका कारण जनवरी ११ मा पहिलो व्यक्तिको मृत्यु भयो । उक्त मृत्युपश्चात ९० दिनमा विश्वभर कोरोना संक्रमितको संख्या १ लाख पुगेको थियो ।

कोरोना महामारी द्रुत गतिमा फैलिएपछि पछिल्लो १६ दिनमा मात्रै संक्रमितको संख्या १ लाखले बढेर २ लाख पुगेको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा रहेका छन । अमेरिकामा ५२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यसैगरी इटालीमा २६ हजार ३ सय ८४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन ।

स्पेन फ्रान्स र बेलायत पनि कोरोनाका कारण धेरै क्षति ब्यहोर्ने देश हुन जहाँ २० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

स्पेनमा १४ वर्ष मुनिका बालबालिकाहरु लकडाउन भएको ६ हप्तापछि बाहिर निस्कन पाउने भएका छन् । त्यसैगरी फ्रेन्चका प्रधानमन्त्रीले पनि लकडाउन खुकुलो बनाउने योजना छिट्टै सार्र्वजनिक गर्ने बताएका छन ।

एशियाली मुलुकहरुमा पनि ७ हजार कोरोना संक्रमितको मृत्यु भएको छ भने ल्याटिन अमेरिकामा पनि ७ हजारकै हाराहारीमा कोरोना संक्रमितको ज्यान गएको छ ।

त्यसैगरी मध्य पुर्वमा ८ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने अफ्रिकामा ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५० रहेको बीबीसीले उल्लेख गरेको छ ।


क्लिकमान्डु