कोरोना भाइरसबाट समस्यामा परेको अर्थतन्त्र उकास्न नयाँ मार्ग खोज्न रघुराम राजनको सुझाव



भारतीय रिजर्व बैंक (आरबीआई) का पूर्व गभर्नर रघुराम राजनले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको असरबाट बाहिर निस्कनको लागि नयाँ मार्ग खोज्नु आवश्यक रहेको बताएका छन् । इकॉनोमिक टाइम्सलाई दिएको अन्तर्वार्तामा राजनले जीवन र जीविकोपार्जनका लागि बिस्तारै आर्थिक गतिविधिहरू सुरु हुने बताए ।

राजनले कोरोना भाइरस महामारी पछि आर्थिक अस्थिरता र वित्तीय संकट हुन नदिनका लागि महत्वपूर्ण सुधार आवश्यक रहेको बताए ।
‘हामीले यी सुधारहरुमा कसरी राजनीतिक सहमति कायम गर्न सक्छौं भन्ने आधारभूत प्रश्न हुनेछ, यदि यी सुधार गरिएको छैन भने भारतलाई समस्या पर्छ, धेरै युवा जनसंख्या भएको देशको लागि यो राम्रो नहुँन सक्छ,’राजनले भने ।

भारतले विस्तारै लकडाउनलाई हटाउन आवश्यक रहेको राजनले बताए ।

लकडाउन सुरक्षा कम हुने ठाउँमा पर्याप्त सुरक्षा उपायहरू हटाउन सकिने उनको भनाई छ । भारत लामो समयसम्म तालाबन्दीमा रहन नसक्ने राजनले बताए ।

सरकारको प्याकेजको बारेमा रघुराम राजनले जनताले यस बारे सचेत रहनुपर्नेछ र यसले मुद्रालाई असर नपार्ने र ब्याज दर नबढाउने कुरा सुनिश्चित गर्नुपर्ने बताए । कुनै पनि योजना बनाउँदा सरकार धेरै होशियार हुनुपर्छ। कोरोना भाइरसको उत्पत्तिबारे अमेरिका(चीनबीचको तनावमा राजनले भारतले यसबाट टाढा रहनको लागि उत्तम काम गरेको छ।


क्लिकमान्डु