न्यूयोर्कमा फार्मेसीलाई पनि कोरोना परीक्षण गर्न दिइने



कोरोना महामारीका केन्द्रविन्दु बनेको अमेरिकाको न्यूयोर्कका फार्मेसीलाई पनि कोरोना परीक्षण गर्न दिइने भएको छ ।

गभर्नर एन्ड्रियु क्युमोका अनुसार प्रतिदिन ४० हजार परीक्षण गर्ने गरी ५ हजार फार्मेसीलाई परीक्षण अनुमति दिइनेछ ।

अमेरिकामा ९ लाख ३८ हजारभन्दा धेरै कोरोना संक्रमित पुष्टि भइसकेको छ । कोरोनाले आक्रान्त बनेको न्यूयोर्कमा मात्र ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अमरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियालाई नचाहिने प्रश्न सोधेको आरोप लगाएका छन् । गत बिहीबार ह्वाइट हाउसमा डिस्इन्फेक्टेन्टको प्रयोगले कोरोना भाइरसको उपचार गर्न सकिने बताएपछि उनी निकै आलोचित भएका छन् ।

उनको भनाइलाई डाक्टर तथा उत्पादकहरुले घाटक भएको टिप्पणी गरेका छन् ।

गत शुक्रबार ट्रम्पको ब्रिफिङ जम्मा २० मिनट भएको थियो र उनले सञ्चारमाध्यमको कुनै पनि प्रश्न सामना गरेनन् ।

त्यसैगरी शनिबार गभर्नर क्युमोले एन्टिबडी स्क्रिनिङ चारवटा अस्पतालमा विस्तार गरिने बनाएका छन् । फार्मेसीहरुले पनि परीक्षणका लागि नमूना संकलन गर्न सक्ने उनले स्पष्ट पारेका छन् ।


क्लिकमान्डु