जर्मनीमा ३० लाख बेरोजगार हुने, अर्थतन्त्र दोस्रो विश्व युद्धपछिकै खराब हुने अनुमान



कोरोना महामारीका कारण जर्मनीमा पनि बेरोजगारको संख्यामा बृद्धि हुने भएको छ ।

जर्मनस्थित आईएवि लेबर मार्केट रिसर्च इन्टिच्युटका अनुसार बेरोजगारको संख्या सन् २०२० मा ५ लाख २० हजारले बढेर ३० लाखभन्दा धेरै पुग्नसक्ने बताएको छ ।

गत शुक्रबार प्रकाशित खोजपत्रमा उक्त संस्थाले जर्मनीको अर्थतन्त्र सन् २०२० मा ८.४ प्रतिशतले कम हुने आँकलन गरेको छ । उक्त अवस्था आएमा यो दोस्रो विश्व युद्धपछिको सबैभन्दा खराब अवस्था हुनेछ ।

आएविमा अनुसार कुल ग्राहस्थ उत्पादन दोस्रो त्रैमासमा १४.६ प्रतिशतले घटेको छ ।

कोरोना महामारीकै कारण अमेरिकामा करिब साढे दुई करोड जनाले बेरोजगार भएको दाबी पेश गरिसकेका छन । बेरोजगारीको संख्यामा उल्लेखनीय बृद्धि भएपछि अमेरिकाले आप्रवासी भिसा र ग्रिनकार्ड दिन बन्द गर्र्ने निर्णय गरिसकेको छ ।

त्यस्तै क्यानडा लगायत विश्वका प्राय सबै देशको अर्थतन्त्रका साथै रोजगारीमा कोरोनाको ठुलो प्रभाब पर्ने निश्चित देखिएको छ ।

कोरोना महामारीका कारण अहिले विश्वमा कोरोना संक्रमितको संख्या साढे २७ लाखभन्दा धेरै पुगेको छ भने करिब १ लाख ९२ हजार जनाले ज्यान गुमाइसकेका छ् ।


क्लिकमान्डु