पप सुपरस्टार बियोन्सेले कोरोनाविरूद्ध लड्न ६० लाख डलर सहयोग गर्ने



विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पप सुपरस्टार बियोन्सेले ६ मिलियन अर्थात ६० लाख डलर सहयोग गर्ने भएकि छिन् ।

पप सुपरस्टार बियोन्सेको बेइगुड फाउन्डेशनले उक्त सहयोग गर्ने घोषणा गरेको हो । उक्त रकम अमेरिकि शहरहरुमा रहेका साना सामुदायिक संस्था लगायत मानसिक स्वास्थ्य सेवाहरुलाई दिइने बताइएको छ ।

गायिका बियोन्सेले इन्स्टाग्राममा भनेकि छिन, ब्ल्याक अमेरिकनहरुलाई घरबाट काम गर्ने सुविधा छैन । ठुलो संख्यामा अफ्रिकन अमेरिकन समुदायहरु महामारीबाट नराम्ररी असर पुगेको छ ।

कोरोना भाइरसले अमेरिकामा ठुलो संख्यामा काला जातीका मानिसहरु मरिरहेका छन । कृपया आफ्नो सुरक्षा आफै गर्नुहोला, हामी एउटै परिवार हौ र हामीलाई तपाईको आवश्यकता छ । कोरोना संक्रमितलाई लक्षित गरि अमेरिकाले पनि विभिन्न राहत प्याकेजहरु सार्वजनिक गरिसकेको छ ।

अमेरिकामा कोरोनाबाट मर्नेहरुको संख्या करिब ५० हजार पुगिसकेको छ भने विश्वभर करिब १ लाख ९२ हजारले ज्यान गुमाइसकेका छन ।


क्लिकमान्डु