अक्सफोर्डका बैज्ञानिकले बनाएको कोरोेनाविरुद्धको खोप मानिसमा परीक्षण हुने



एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप मानिसमा परिक्षण गर्न शुरु गरिएको छ । अक्सफोर्डका वैज्ञानिकले यसको परीक्षण सुरु गरेका हुन ।
यसको लागि २ जना स्वयमसेवन रहेका छन् ।

अध्ययनका लागि भर्ना गरिएका ८ सय जनामध्ये पहिलोपटक दुई जनामा यो खोप परिक्षण गरिएको हो । ८ सय जनामध्ये आधा मानिसमा कोभिड १९ खोप लगाइने छ भने अन्यमा नियन्त्रण खोप लगाइनेछ जसले कोरोना नभई म्यानेन्जाइटिस रोग बिरुद्ध काम गर्ने छ ।

उक्त परिक्षण अन्तर्गत स्वयम सेवकहरुले आफुलाई कुन खोप लगाइयो भन्ने थाहा पाउनेछैनन । स्वयम सेवकहरुलाई कुन खोप लगाइयो भन्ने डाक्टरलाई मात्र थाहा हुनेछ ।

कोरोेनाविरुद्धको परिक्षण खोप लगाएकी एलिसा ग्रानाटोले बिविसीसँग भनेकी छिन म बैज्ञानिक हुँ, त्यसैले बैज्ञानिक प्रक्रियालाई मैले आफुसक्दो सहयोग गर्न तयार छु ।

यो खोप अक्सफोर्ड विश्वविद्यालयको समुहले ३ महिना लगाएर तयार गरेको भ्याक्सिनोलोलीकी प्रोफेसर सराह गिल्बर्टले बताइन ।
उनले भनेकी छिन ‘व्यक्तिगत रुपमा मलाई यो खोपले काम गर्ने विश्वास छ ।’ यसअघि नै उनले यो खोपले काम गर्नेमा आफुलाई ८० प्रतिशत विश्वास भएको बताएकी थिइन ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाविरुद्धको औषधि पत्ता लाग्न नसक्दा विश्वको भविष्य नै अन्यौलमा रहेको छ । विश्वभरका बैज्ञानिकहरु औषधि बनाउन लागेपनि तत्काल औषधि बन्न नसक्ने तर्कहरु आइरहेका बेला बेलायतमा शुरु गरिएको परिक्षण सफल हुन्छ वा हुँदैन भन्ने चासो रहेको छ । कोरोनाका कारण विश्वभर २७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन भने मृतकको संख्या करिब २ लाख पुग्न लागेको छ ।


क्लिकमान्डु