विश्वकै कान्छि सरकार प्रमुख बनेकी फिनल्याण्डकी प्रधानमन्त्री आइसोलेसनमा



फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन सेल्फ आइसोलेसनमा बसेकी छिन ।

प्रधानमन्त्री निवासमा काम गर्ने एक जना कामदार कोरोना संक्रमितसँगको सम्पर्कमा आएको खुलासा भएपछि उनी सेल्फ आइसोलेसनमा बसेकी हुन ।

प्रधानमन्त्री कार्यालयले जनाए अनुसार प्रधानमन्त्रीमा कोरोना परीक्षण गरिएको र उनमा कुनै लक्षण देखिएको छैन ।

संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख बनेकी ३४ वर्षिय मरिन विश्वको चासोको विषय बनकी थिइन । उनले गत डिसेम्बरमा नेतृत्व सम्हालेकी थिइन ।

यसअघि बेलायतका प्रधानमन्त्रीमा पनि कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका थिए । उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन ।

कोरोना महामारीका कारण विश्वभर लाखौ जनता संक्रमणको सिकार भएका छन भने मर्नेको संख्या करिब २ लाख पुग्न लागेको छ ।


क्लिकमान्डु