दक्षिण अफ्रिकाले ल्यायो २६ बिलियन डलरको राहत प्याकेज



 विश्वव्यापी बनेको कोरोनो महामारीसँग जुध्न दक्षिण कोरियाले २६ विलियन डलरको राहत प्याकेज सार्वजनिक गरेको छ ।

कोरोनाबाट प्रभावित कम्पनीहरु र ३ मिलियन अर्थात ३० लाख कामदारलाई लक्षित गरी राष्ट्रपति क्रिल रम्यापहोसाले उक्त राहत प्याकेज सार्वजनिक गरेका हुन ।

टेलिभिजनम दिएको एक अन्तवार्तामा उनले उक्त सहयोग देशको १० प्रतिशत कुल ग्राहस्थ उत्पादन बराबर भएको जनाएका छन । उक्त राहतमा कर छुट, बेरोजगार विमा कोषमार्फत ज्याला सहयोग र साना व्यवसायलाई सहयोग रहेको राष्ट्रपतिले स्पष्ट पारेको बिबिसीले जनाएको छ ।

चार हप्ता लामो लकडाउनका कारण गरिबी र खाद्यान्न संकट नाटकीय रुपमा बढेको राष्ट्रपतिले बताएका छन । लकडाउनले लाखौ जनताको जीवन बचाउन सरकारलाई सहज भएको समेत उनले बताए । उनले ३४०० जना कोरोना संक्रमित र ५८ जनाको मृत्यु भएपनि देश कोरोना संक्रमणको पहिलो अवस्थामै भएको जिकिर गरे ।


क्लिकमान्डु