धेरै क्षति हुने अनुमान गरिएको दक्षिण पूर्वी एशियामा कसरी कोरोना संक्रमण कम भयो ?



कोरोना भाइरसको उदय चीनबाट भयो । चीनभन्दा बाहिर पहिलो कोरोना संक्रमण जनवरी १३ मा थाइल्याण्डमा देखापर्यो ।

उक्त क्षेत्रमा धेरै ठुलो संख्यामा चिनियाँ नागरिक पुग्ने भएकाले कोरोना भाइरसबाट यो क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र हुने आँकलन गरियो । तर आँकलन गरेजस्तो अहिलेसम्म भएको छैन ।

भियतनाम कोरोना नियन्त्रणमा अब्बल देखिएको छ । त्यहाँ २ सय ६८ वटा कोरोना संक्रमित देखिएका छन र कसैको मृत्यु भएको छैन । त्यहाँ रहेको कम्युनिष्ट नेतृत्व कोरोनाले निम्त्याउने चुनौतीबाट बेलैमा सचेत बन्यो ।

सरकारले जनवरीको अन्त्यमा नै भाइरसविरुद्ध युद्धजस्तै लडनुपर्ने घोषणा गर्यो । कोरोना संक्रमित भेटिएका जिल्लाहरुलाई कडाइका साथ क्वारेन्टाइनमा राख्यो ।

उक्त क्षेत्रलाई क्वारेन्टाइनमा राख्न उसले कुनै कसुर बाँकि राखेन । क्वारेन्टाइनमा राख्ने सवालमा भियतनामको नेतृत्व कठोर बनेर लाग्यो । खासगरी भियतनाममा सिमित स्वास्थ्य स्रोत रहेका छन र दक्षिण कोरियामा जस्तो टेस्टिङ क्षमता छैन ।

भियतनामको नेतृत्वले बेलैमा अपनाएको सावधानी र नियन्त्रण उपायका कारण कोरोनाको प्रभाब एकदमै न्युन रहयो । थाइल्याण्डमा पनि कोरोना संक्रमण सोचेभन्दा धेरै कम रहेको छ ।

चीनपछि पहिलोपटक कोरोना देखिएको थाइल्याण्डमा अहिलेसम्म ३ हजार कम संक्रमित रहेका छन भने ४९ जनाको मात्र मृत्यु भएको छ । थाइल्याण्डसँग पनि बृहत स्वास्थ्य जाँच गर्ने क्षमता छैन । जनवरीदेखि अहिलेसम्म १ लाख ४० हजार जनामा मात्र कोरोना संक्रमण जाँच गरिएको छ । स्वास्थ्य अधिकारीहरुले नै आम परिक्षण महँगो हुने बताउँदै आएका छन ।

थाइल्याण्डले पनि बेलैमा सबै जनतालाई मास्क लगाउन भन्यो । संक्रमितहरुलाई एकान्तबास गर्नुका साथै सम्पर्कमा आएकाहरुको ट्रयाकिङ गर्न समयमै सफल भयो । अहिले थाइल्याण्डमा १० लाख स्वास्थ्य स्वयमसेवक रहेका छन । संक्रमण र मृत्युदर इन्डोनएसियामा तिब्र गतिमा बढेको छ ।

त्यहाँ रोकथामका कम उपायमात्र अवलम्बल गरिएको छ । एक दिनमा ३ सय परीक्षण क्षमता रहेको म्यानमारमा आधिकारिक संक्रमित संख्या धेरै कम रहेको छ । जसले गर्दा कोरोनाको डर निकै धेरै रहेको छ ।

तर यी कुनै पनि देशको अवस्था युरोप र अमेरिकामा जस्तो छैन । यस्तो अवस्था किन भयो भन्नेमा स्वास्थ्य विज्ञहरुनै अनविज्ञ छन । मौसम र सामाजिक व्यवहारले महत्वपूर्ण भूमिका खेलेको हुनसक्छ ।

दक्षिण पूर्वी एशियामा इटाली र न्यू योर्कका अस्पतालको जस्तो डरलाग्दो अवस्था टर्छ वा टर्दैन भन्ने अनुमान गर्नु हतार हुनसक्ने बिबिसीमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु