कोरोनाको क्षति पूरा गर्न सामसुङले सस्तो ५–जी मोबाइल सार्वजनिक गर्ने



दक्षिण कोरियाको ठुलो प्राविधिक कम्पनी सामसुङले यहि वर्ष भित्र ५-जी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कोरोनाका कारण व्यहोर्नु परेका क्षति पुरा गर्न कम्पनीले उक्त योजना बनाएको हो ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा आएको नकरात्मक प्रभाबका कारण अधिकांश उद्योग, व्यापार व्यवसाय बन्द रहेका छन । कर्मचारीलाई समेत तलब खुवाउन मुस्किल भएपछि तलब घटाउने, तलब रोक्ने र कर्मचारी हटाउने उपाय विभिन्न कम्पनीले अवलम्बन गर्न शुरु गरेका छन् ।

कोरोनाको असरका कारण आर्थिक क्षति पुगेकाले सामसुङले क्षति न्युनिकरण गर्न विभिन्न योजना बनाउन थालेको हो ।

सस्तो र किफायती मोडलको नयाँ मोबाइल उत्पादन गरी बजारमा ल्याउने योजना बनाएको सामसुङले यसअघिनै दुईवटा सस्ता र किफायती ५-जी स्मार्टफोन सार्वजनिक गरिसकेको । अमेरिकामा सार्वजनिक गरिएका उक्त फोन ग्यालेक्सी ए५१–५जी र ग्यालेक्सी ए७१-५ जी रहेका छन् ।

गिज्मोचाइनाका अनुसार स्मार्टफोन निर्माताले यी र अन्य किफायति ५-जी स्मार्टफोनहरु ५-जी नेटवर्क चल्ने र चलाउने योजना बनाएका सबै देशहरुमा सार्वजनिक गर्नेछन ।


क्लिकमान्डु