अमेरिकामा तेलको मूल्य इतिहासमै सबैभन्दा कम



अन्तरार्ष्ट्रिय बजारमा तेलकाे मूल्यमा गिरावट आएसँगै अमेरिमा तेलको मूल्य ऋणात्मक भएको छ । तेल उत्पादकहरूले तेलको बिक्री गर्न क्रेतालाई उल्टै पैसा दिन थालेका छन् ।

एकातिर उत्पादन बढ्दो र माग घट्दो हुँदा र भण्डारन क्षमता पनि नहुँदा तेलको मूल्यमा इतिहासको सबैभन्दा तल झरेको हो ।

यतिबेला मानिसहरू लकडाउनका कारण घरभित्रै छन् । उद्योग चलेका छैनन भने सवारी साधन पनि निकै कम चलेका छन् ।

यतिबेला उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् । जसका कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक घेरामा गएको हो ।

अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटिआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।


क्लिकमान्डु