तेलको मूल्य, रोजगारी र नेपाली अर्थतन्त्रः नीरव पुडासैनीको विश्लेषण



वैश्विक संकटका कारण मागमा आएको निराशाजनक कमीका कारण कच्चा तेलको मूल्यमा अत्यधिक गिरावट आएको छ । यसको मूल्य २१ वर्षयताको न्यूनतम मूल्य नजिक पुगेको छ ।

महामारीको दुष्प्रभावको कारण यसको मूल्यमा करिब ३० डलरभन्दा धेरैको गिरावट आइसकेको छ । प्रत्यक्षरुपमा हेर्दा हाम्रो अर्थतन्त्रको लागि यो सकारात्मक प्रतित हुन्छ ।

तथापि त्यसो नहुने कुरामा कुनै संशय छैन । यही मूल्य गिरावटको संत्रासबाट विश्व अर्थतन्त्रलाई जोगाउन वा भनौं तेल उत्पादन गर्ने राष्ट्रहरुलाई जोगाउन तेल उत्पादनमा कटौतीको नीतिले पनि खासै काम गरेन । रसिया, अमेरिका र साउदी अरेवियाको संयुक्त प्रयासपछि उत्पादनमा उल्लेख्य कटौती गरेपछि मूल्य करिब २८ डलर प्रति ब्यारेलमा आयो । तर पनि यो धेरै समय टिक्न सकेन । जसको फलस्वरुप यस क्षेत्रको हजारौं रोजगारी जोगिन्छ भन्ने अनुमान गरिएको थियो । तर यो दिवा स्वप्ना सरहमात्र भयो ।

यस वर्षको पहिलो महिनाको शुरुवाती हप्तामा करिब ६५ डलर प्रतिब्यारेल रहेको तेलको मूल्य करिब ७२ प्रतिशतभन्दा धेरै गिरावट भइसकेको छ ।

मे महिनाको कच्चा तेलको करारमा आज मात्रै ७२ प्रतिशतले गिरावट आएको देखिन्छ । त्यस्तै कच्चा तेलभन्दा केही उत्तम कच्चा तेलको मूल्य जुन साधारण कच्चा तेलभन्दा करिब ४ डलरले बढी हुन्छ । त्यसको मूल्यमा सोही अनुपातमा गिरावट आइरहेको छ । यही गिरावट रहिरहे सयौंको संख्यामा तेल उत्पादकहरु टाट पल्टिन सक्ने अनुमान गरिन थालेको छ ।

यही स्थिति कायम रहे हामी अनुमान लगाउन सक्छौं कि यसले विश्व रोजगारीमा कस्तो प्रभाव पार्छ ।

तेल उत्पादन र निर्यातमा निर्भर मूल्य पूर्वको अर्थतन्त्र तेलको मूल्यका कारण निकै जोखिममा छ भनेर अनुमान लगाउन कठीन छैन । कच्चा तेलको मूल्य ५५ डलर प्रतिब्यारेलभन्दा तल रहनु भनेको मध्यपूर्वका देशहरु कतार, आबुधावीलगायतलाई ठूलो आर्थिक जोखिम निम्तनु हो ।

तुलनात्मकरुपमा ओपेक राष्ट्रहरुको तुलनामा गैर आपेक राष्ट्रहरुजस्तै रसिया, मेक्सिको आदिलाई जोखिम केही कम छ भन्न सकिन्छ । मध्यपूर्व तथा उत्तर अफ्रिकी क्षेत्रहरुको आर्थिक वृद्धि यस वर्ष निश्चितरुपमा निकै कमजोर हुने पक्का छ ।
यसको उदाहरणस्वरुप हालै चीनले आफ्नो पूर्वआयात मागलाई रद्द गरेकोबाट प्रष्ट हुन्छ । महामारीको प्रत्यक्ष मारमा सबै तेल उत्पादक राष्ट्रहरु पर्ने निश्चित छ ।

निर्यातमूखी अर्थतन्त्रको आँखाबाट हेर्दा हाम्रो अर्थतन्त्रलाई तेलको मूल्यमा आउने गिरावटले प्रत्यक्षरुपमा कुनै फाइदा छैन । महिना दिनभन्दा धेरै समयका लागि भण्डारण गर्न सक्ने क्षमता नभएको यो राष्ट्र हालको मूल्य गिरावटको फाइदा लिने भनेको मूल्यको जानकारी लिएर भन्दा अन्य आधारमा गर्नसक्ने अवस्था छैन ।

तर हाम्रो अथृतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारीबाट आउने विप्रेषणबाट गतिविधि हुने हुँदा त्यसको ठूलो प्रभाव अबको केही समयमा नेपालमा पर्ने पक्का छ ।

यसका साथै तेलको मूल्यका कारण आउने मन्दीले हाम्रो पर्यटन क्षेत्रमा पर्ने पक्का छ । चीन, युरोप अमेरिका लगायत देशहरुमा आउने रोजगारीको दरका कारण पनि हामीलाई ठूलो पीडादायी हुने छ ।

माकुराको जालो सरह फैलिएको तेलको प्रभावको कारण हाम्रो अर्थतन्त्र अप्रत्यक्ष रुपमा धेरै पीडित हुने आँकलन अर्थमन्त्रीले समयमा गर्न सकुन् ।

साथै विदेशमा गुमेका रोजगारीहरुलाई देशमा रोजगारी सिर्जना गर्ने अवसरका रुपमा लिन जरुरी छ । तेलको मूल्यमा आएको वा आउने गिरावटको साथै हजारौं दक्ष कामदारको घर आगमनलाई अवसरको रुपमा राज्यले लिन सक्नुपर्छ ।
विभिन्न पूर्वाधारका क्षेत्रहरुको पहिचान गरी निर्माण र पुननिर्माण गर्ने अवसरको रुपमा लिनुपर्छ ।

तर यदी विदेशिएका कामदारहरुको घर आगमनलाई समस्याका रुपमा टिप्पणी मात्रै गरेर गुमेको विप्रेषण शोक मात्रै गर्ने हो भने आजबाट नै हात उठाए हुन्छ ।

तेलको मूल्यको दुश्चक्रबाट जोगिने उपायको खोजी गर्नु बान्छनीय हुन्छ ।

खाडी मुलुकको मात्रै रोजगारी गुम्ने खतरा होइन यहाँ स्वदेशभित्रको रोजगारीको पनि खतरा छ । साथै भारतमा नेपालीहरुले लाखौंको संख्यामा पाउँदै आएको अदक्ष रोजगारीमा पनि उल्लेख्य कमी आउने आँकलन गर्न सकिन्छ ।

समग्रमा तेलको मूल्यमा आउने प्रभावको प्रत्यक्ष रापको असर भन्दा अप्रत्यक्ष रापको असर नेपालमा धेरै देखिने आँकलन गरिेर देशले सही सममयमा सही आर्थिक कदम चालोस् ।

यो लेख लेखिरहँदा सम्म इतिहासमा‌ पहिलोपटक अमेरिकी ‌तेल करार कारोबारको‌ मुल्य शुन्य तिर उन्मुख भयो। 


पुष्प दुलाल