लकडाउनमा खाना अभाव भएपछि कोब्रा सर्प शिकार, शिकारीविरुद्ध मुद्धा दायर



भारतको अरुणान्चल प्रदेशमा खान चामल सकिएपछि एक शिकारीको समूहले कोब्रा सर्प मारेका छन् । कोरोना महामारीका कारण गरिएको देशव्यापी लकडाउनका बेला चामल नभएपछि खानका लागि उनीहरुले कोब्रा सर्प मारेको बताएका छन् ।

भर्खरै सार्वजनिक भएको एउटा भिडियोमा उक्त शिकारीको समूह १२ फिट लामो कोब्रा सर्पसहित देखिएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा तीन जना मानिसले कोब्रा सर्पलाई काँधमा राखेका छन् ।

उनीहरुले उक्त सर्प जंगलमा मारेको बताएका छन् । उनीहरुले उक्त सर्प केराको पातमा राखेर टुक्रा पारी भाग लगाएका छन् ।

उक्त भिडियोमा एक जनाले लकडाउनका कारण आफूसँग खान कुनै अन्न नभएको बताएका छन् । तीन जनामध्येका एक ब्यक्तिले भनेका छन्– खानका लागि कुनै अन्न नभएपछिद हामी जंगलमा गयौ र यहि कोब्रा भेट्यौ ।

भारतमा जंगलीजनावर संरक्षण ऐन अनुरुप अहिले उनीहरु विरुद्ध मुद्धा दायर गरिएको एक अधिकारीले बताए । कोब्रा मार्ने शिकारीहरु अहिले फरार रहेका छन् । किंङ कोब्रा संरक्षित जन्तु अन्तर्गत पर्दछ । संरक्षित जीवजन्तु मार्नु अपराध मानिने भारतीय अनलाइन पोर्टल एनडिटिभिमा उल्लेख छ ।


क्लिकमान्डु