व्यवसायी अग्रवाललाई हिरासतमा राख्न तेस्रो पटक म्यादथप, १० दिन थुनामा राख्न अनुमति



काठमाडौं । ज्वारो नाप्ने थर्मल गनको कालोबजारी गर्दैगर्दा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई तेस्रो पटक थुनामा राख्न म्याद थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले अग्रवाललाई थप १० दिन थुनामा राख्न सोमबार म्याद थपेको अपराध महाशाखा प्रमुख सहकुल थापाले बताए ।

चैत २५ गते पक्राउ परेका अग्रवाललाई जिल्ला प्रशासन कार्यालयले यसअघि पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिन म्यान थप गरेको थियो ।

प्रहरीले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ । अग्रवालले ३ हजार ५ सय पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दागर्दै पक्राउ परेका थिए ।


क्लिकमान्डु