चेम्बरको २४ बुँदे सुझाव लिदै अर्थमन्त्री खतिवडाले भनेः बैंकलाई मात्र फाइदा हुन दिन्न



नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज अर्थ तथा संचार मन्त्री डा.युवराज खतिवडा समक्ष कोरोना भाइरस ( कोभिड(१९)बाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धम २४ बुँदे सुझाव प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा अर्थ तथा संचार मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाइ चुस्त बनाइ जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोेमा धन्यबाद दिदै यसलाइ निरन्तरता दिन आग्रह गरे ।

उनले बैंक बित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी हुन नहुँने तथा नगद प्रवाह लाइ सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ सावा व्याज तिर्ने म्याद वढाउने तर्फ आवश्यक व्यवस्था गरिने बताए ।

अर्थमन्त्रीले वाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित हुने भएकोले कृषि क्षेत्र गतिशील हुने र अर्को तर्फ इ बिजनेश, अनलाइन बिजनेश को प्रचुर प्रयोगले इलोक्ट्रोनिक कारोवार प्रयोग हुने गरेको बताए ।

सरकारबाट प्रदान गरिएको राहत प्याकेज बिपन्न वर्गको लागि भएकोले तदनरुप उपयोग गरि दिन आग्रह गरे ।

अर्थतन्त्रमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइ पनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताए ।


क्लिकमान्डु