स्पेनले लकडाउनमा पनि बालबालिकालाई बाहिर निस्कन दिने



स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अप्रिल २७ देखि बच्चाका लागि नियम केहि खुकुलो बनाउने बताएका छन । उक्त नियम विशेष गरी बच्चाहरुमा लागू हुने बताइएको छ ।

कोरोनाका कारण बच्चा बाहिर निस्कन नपाउने कडा नियम लागू गरेपछि बच्चाहरुले गाह्रो अनुभब गरेको गुनासो आएपछि बच्चाहरुलाई लक्षित गरी नियम केहि सहज बनाउन लागिएको हो ।

बार्सिलोनाका मेयर अडा कोलाउले सरकारलाई बच्चा बाहिर निस्कन पाउने नियम बनाउन अनुरोध गरेका थिए ।

कोरोना महामारीबाट अहिलेसम्म स्पेनमा २० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित रहेका छन ।

स्पेनमा लकडाउनका बेला वयस्कहरुलाई खाद्य स्टोर, औषधि पसल वा अत्यावश्यक काममा जान छुट भएपनि बच्चाहरुलाई घर छाडन पूर्णतया निषेध गरिएको छ ।

स्पेनमा रहेका ८० लाख बच्चाहरुले पाँच हप्ता घरभित्र बिताइसकेका छन । लामो समयसम्म घरभित्र रहँदा उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने बताइएको छ ।

स्पेनिस चिल्ड्रेन राइट्स कोलिएसनले बच्चाहरुमा मानसिक र शारिरीक समस्या आउनसक्ने सम्भावना हुने भएकाले बच्चारुलाई बाहिर आएर खेल्न र शारीरिक गतिविधि गर्न भनेका छन ।

कोरोना महामारीका बाबजुद डेनमार्कले ११ वर्षमुनिका बच्चाहरुका लागि स्कुल खोल्न शुरु गरेको छ । त्यसैगरी नर्वेले पनि किन्डरगार्टेनहरु पुन सुचारु गर्ने तयारी गरेको छ । जर्मनीले पनि मे ४ देखि केहि विद्यालय खोल्ने जनाएको छ ।

महामारीकाबीच स्वीडेनमा विद्यालयहरु खुला रहेका छन् । जबकि यी राष्ट्रहरुमा कोरोनाका कारण स्पेनमाभन्दा खराब अवस्था सिर्जना भएको छैन ।

बच्चाहरुबारे चासो बढेपछि स्पेनका प्रधानमन्त्रीले बच्चाहरुलाई बाहिर निस्कन दिने बताएका छन । बच्चाहरुलाई बाहिर निस्कन दिने सोच बनाएको भएपनि कसरी व्यवस्थापन गर्ने भन्ने अझै निर्णय नभएको उनले बताएका छन ।

अप्रिल २७ देखि बच्चाहरु घर बाहिर निस्केर ताजा हावाच खान पाउने भएपनि कति समयसम्म उक्त नियम लागु हुने भन्नेबारे उनले केहि खुलाएका छैनन ।

स्रोत बिबिसी


क्लिकमान्डु