मास्क लगाउन नमानेपछि ७८ वर्षिया बाबुद्वारा छोराको हत्या



कोरोना महामारीका बेला घर बाहिर निस्किदा मास्क लगाउन नमानेपछि बाबुले छोराको हत्या गरेका छन् ।

भारतको कोलकत्तास्थित पश्चिम बंगाल बस्दै आएका ७८ वर्षिय बन्सीधर मल्लिकले मास्क लगाउन अटेर गर्ने छोराको हत्या गरेका हुन् ।

पश्चिम बंगलाको शोभाबजारमा बस्ने ७८ वर्षिय बाबुले ४५ वर्षिय छोरा सिरसेन्दु मल्लिकलाई कपडाले कसेर मारेको भारतीय न्युज पोर्टल जीन्युजले उल्लेख गरेको छ ।

स्रोतका अनुसार बाबुले बाहिर ननिस्किन भनेका छोरा शारीरिक रुपमा अशक्त थिए । बाबुले मास्क लगाउन गरेको अनुरोध उनले अस्वीकार गरे ।

मास्क लगाउन नमानेको रिसमा अन्तत बाबुले छोरालाई मारिदिए ।छोरालाई मारेको केहि समयपछि उनी आफै श्यामपुकुर प्रहरी चौकीमा गई आत्पसमर्पण गरेका छन् । प्रहरी चौकीमा उनले हत्याबारेको सम्पुर्ण बयान दिएका छन् ।

उनले आत्मसमपर्ण गरेलगत्तै प्रहरी टोली घटनास्थल पुग्दा छोरालाई मृत अवस्थामा भेटेको थियो ।


क्लिकमान्डु