बिहे गर्न साइकलमा ८५० किलोमिटर यात्रा गरेका युवकलाई क्वारेन्टाइन राखियो



भारतको पञ्जाबस्थित लुधियानाबाट सोनु कुमार चौहान आफ्नो बिहेका लागि साइकल चढेर घर हिँडे ।

अप्रिल १५ मा उनको बिहे हुने पक्कापक्की भइसकेको थियो । उनी नेपालको सिमाना रहेको उक्त उत्तर प्रदेशमा समयमै पुग्ने अठोटका साथ साइकलमा हिँडेकी थिए ।

करिब एक हप्ता दिनरात साइकलमा हिडेपछि २४ वर्षिय सोनु आफ्ना तीन जना साथीहरुलाई लिएर करिब ८५० किलोमिटर यात्रा गरे । तर गत आइतबार उनी अन्तत बलरामपुरको क्वारेन्टाइनमा पुगे ।
उनको घर त्यहाँबाट अझै १५० किलोमिटर पर महाराजगञ्ज जिल्लाको पिप्रा रसुलपुरमा हो ।

चौहानले लुधियानको एक टाइल्स उद्योगमा काम गर्छन । कोरोना महामारीका कारण सबै यातायातका साधन बन्द भएपछि उनी तीन जना साथीसँगै साइकलमा घर जाने निर्णय गरे ।

चार जनाले साइकल यात्रा गरेरै ८५० किलोमिटर यात्रा गरिसकेका थिए । दिनरात गरेर करिब एकहप्ता हिँडिसकेका उनीहरुलाई गत आइतबार जिल्ला प्रबेश गर्ने क्रमममा अधिकारीहरुले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिदिए ।

पिटिआइसँग कुरा गर्दै चौहानले भने– अझै १५० किलोमिटरको यात्रापछि म घर पुग्न पाएको भए विबाह हुने धेरै सम्भावनाहरु थिए । कुनै बाधा बिना विवाह हुने थियो तर अधिकारीहरुले मलाई विन्ती गर्दा पनि घर जान दिएनन ।

जबकी उनले स्वास्थ्य सबैभन्दा धेरै महत्वपुर्ण रहेको र विबाह पछि पनि गर्न सकिने समेत बताएका छन् ।

बलरामपुरका एसपि देबरञ्जन बर्माले चौहान र उनका साथीहरुलाई जिल्ला प्रबेश गर्ने क्रममा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको बताए ।

१४ दिनमा उनीहरुको रिपोर्ट नेगेटिभ आयो भने उनीहरुलाई घर जान दिइने समेत बताए ।


क्लिकमान्डु