२७ दिनको उपचारपछि घर फर्किइन दोस्रो कोरोना संक्रमित युवती



काठमाडाैं । कोरोना संक्रमित युवती उपचारपछि निको भएर घर फर्केकी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १९ वर्षे प्रसिद्धी  श्रेष्ठ २७ दिनसम्म उपचार गरेर निको भइ शनिबार डिस्चार्ज भएकी हुन् ।

फ्रान्सबाट कतारहुँदै नेपाल आएकी उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको थियो । उनमा गत चैत ९ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

उनीसँगै नेपालमा देखिएका पहिलो र दोस्रो संक्रमित निको भइसकेका छन् । हालसम्म नेपालमा ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ जना निको भइसकेका छन् भने बाँकीको अहिले उपचार भइरहेको छ ।


क्लिकमान्डु