एप्पलले दक्षिण कोरियामा रहेको ब्रान्डेड स्टोर अप्रिल १८ देखि खोल्ने



काठमाडौं । एप्पलले दक्षिण कोरियामा रहेको आफ्नो एकमात्र रिटेल स्टोर अप्रिल १८ देखि खुल्ने जनाएको छ । यो कोरोना महामारी पछि खुल्ने पहिलो व्यापारिक केन्द्र हुनेछ ।

चीनभन्दा पहिलो सबैभन्दा धेरै संक्रमित भएको कोरियाले बृहत टेस्ट र इन्टेन्सिभ कन्ट्याक्ट ट्रेसिङमार्फत कोरोना नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमण फैलिरहेका बेला दक्षिण कोरियाले उल्लेख्य नियन्त्रण र प्रगति गरेका कारण दक्षिण कोरियामा रहेको एप्पल ग्यारोसुगिल पुन खोल्ने तयारी भएको कम्पनीले जनाएको छ ।

आइफोन निर्माता एप्पलले चीनमा रहेका ४२ वटा ब्रान्डेड स्टोहरुहलाई मार्चदेखिनै सञ्चालनमा ल्याएको छ । चीनमा रहेका उक्त केन्द्रहरु एक महिनासम्म बन्द भएका थिए । ग्राहकलाई सामाना किन्न बनाउँछौ, उहाँहरुले अनलाइन अर्डर गर्ने वा स्टोरमा आएर लिने लगायतमा अप्सन ग्राहकसँग हुन्छन–कम्पनीले भनेको छ ।

एप्पलले सानो आइफोन एसई सार्वजनिक गरेको एक दिन पछि दक्षिण कोरियाको सियोलमा रहेको स्टोर खोल्ने निर्णय गरेको हो । उक्त आइफोनको मूल्य अहिलेसम्मकै कम अर्थात ३९९ डलर रहेको छ ।


क्लिकमान्डु