कोरोना नियन्त्रण गर्न मोरङका स्थानीयले चलाए ‘प्रहरीको साथी म’ अभियान
बिराटनगर। मोरङ जिल्लामा कोरोना भाइसर रोकथामका लागि स्थानीय ७ सय जना युवाहरु प्रहरीसँग सहकार्यमा जुटेका छन् । जिल्ला प्रहरी कार्यलय मोरङसँगको सहकार्यमा जिल्लाका युवाहरु ‘प्रहरीको साथी म’ अभियानमा सञ्चालन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले सामुदायीक प्रहरी साझेदारी अन्तर्गतको कार्यक्रममा गत चैत १० गतेबाट सो अभियान शुरु गरेको थियो । समुदायमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण र अपराधिक गतिविधि नियन्त्रणका लागि सो अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
‘लक डाउन हुनुपुर्व भारतबाट मानिसहरु आउने क्रम बढेपछि स्थानिय निकायसँग सम्वन्य गरेर यो कार्यक्रम सुरु गरेका हौँ,’ उनले भने ‘प्रत्येक वटाबाट १० जना युवाहरु यो अभियानमा सरिक हुन सक्छन् ।’
हालसम्म मोरङ जिल्लाका ७० वटा वडाका ७ सय युवा ‘प्रहरीको साथी म’ अभियानमा सरिक भइसकेका उनले जानकारी दिए ।
मोरङ जिल्लामा १७ वटा स्थानीय तहमा कुल १ सय ५९ वटाहरु छन् । जसमा ६ वडा भारतको सीमा क्षेत्रमा पर्दछन् । विषेशगरी प्रहरीले ति नाकाहरुमा संक्रमणको जोखिम बढी भएको कारणले ति वडालाई उच्च सुरक्षा दिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
‘नाका जोडिएका वडाका युवाहरु बढी सक्रिय भएका छन्,’ उनले क्लिकमाण्डूसँग भने ‘हामीले आहवन मात्र गरेका थियौ, युवाहरु आफ्नै इच्छाले प्रहरीलाई सहयोग गर्न तयार भएका हुन् ।’
युवाहरुको स्वास्थ सुरक्षाका लागि माक्स सेनिटाइजर र प्रहरीको साथी म प्रिन्ट गरिएको टिसर्ट नगरपालिकाले उपलब्ध गराइदिएको उनले बताए ।
अभियानमा सरिक युवाहरुले हाल प्रहरीसँग मिलेर लकडाउन कार्यान्यवन गराउन, भारतीय सीमा क्षेत्रमा मानिसको आवतजावत गर्न र भारत लगायतका अन्य देशहरुबाट आएका व्यक्तिहरुको खोजि गर्न तथा उनीहरुको स्वास्थ्य परिक्षण गर्न र क्वारेन्टाइनमा राख्न सहयोग सहयोग गरिहेका छन् ।
‘कोरोना महामारीपछि स्थानिय युवाहरु आफ्नै समुदायको रक्षाको लागि प्रहरीसँग सहकार्यमा जुटेका हुन्,’ उनी भन्छन् ‘प्रहरीको उपस्थीति नभएको बेलामा पनि ती युवाहरु आफ्नो समुदायको रक्षामा तैनाथ हुन्छन् ।’
अभियानमा जोडिएका स्थानीय युवाहरूले लक डाउनलाई प्रभावकारी बनाउँदै कोरोनाविरुद्ध सचेतना अभियान सञ्चानलन गरिरहेको प्रहरी उपरीक्षक अधिकारी बताउँछन् ।
लक डाउन थपिएसँगै जिल्ला प्रहरीले सबै वडाका सहयोगी युवाहरुलाइृ अभियानमा सरिकहुन आग्रह गरिरहेको छ । जिल्लामा भारतसँग सीमा जोडिएका जोगवनी, रानी, रंगेली लगायतका ६ गाँउपालीहरु कोरोनाको संक्रमण बढेपनि सुरक्षा बढाइएको छ । ती क्षेत्रका सबै स्थानिय युवाहरुले प्रहरीको अभियानमा सहकार्य गरिरहेको प्रहरी उपरीक्षक अधिकारी बताए ।
प्रहरीको ३६ वटा युनिट र सशत्रबलको ३७ वटा युनिट गरेर ६ वटा वडामा मात्र ७१ वटा सुरक्षाकर्मिको युनिट खटाइएको छ ।
मोरङमा स्थानिय युवाहरुको सहयोगका कारणले गर्दा पनि भारतबाट हुने कोरोनाको उच्च जोखिमलाई न्यूनिकरण गर्न सहयोग पुगेको उनले बताए ।