५२ हजारको पहिचान, ४२ हजार महानगरवासीलाई राहत वितरण



काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४२ हजार ६ सय ३७ जनालाई राहत वितरण गरेको छ ।

महानगरले राहत वितरणको लागि ५२ हजार २ सय ६८ जनाको पहिचान गरेको छ । त्यसमध्ये मापदण्ड बनाएर अभिभावक नभएका, आयश्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी श्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण गर्दै आएको छ ।

महानगरले एकद्धार प्रणालीबाट राहत वितरण गरेका कारण अन्यले पनि राहत दिदाँ सम्वन्धित वडासँग समन्वय गरेर मात्रै बाँड्न सक्नेछन् । उक्त तथ्याङ्कलाई हेर्दा कामपाले आफ्नै स्रोतबाट २९ हजार १ सय ७ जनालाई राहत वितरण गरेको छ भने १३ हजार ५ सय ३० अन्य स्रोतबाट राहत वितरण भएको छ । राहत वितरणको प्रक्रिया जारी रहेको छ ।


क्लिकमान्डु