काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोना संक्रमणको आशंका
काठमाडौं । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमै बस्ने एकै परिवारका ३ जनामा कोरोना भाइरस संक्रमणको आशंका देखिएको छ ।
अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाई र्यापिड टेस्ट गर्दा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको हो ।
स्रोतका अनुसार उनीहरु ३ जनालाई नै पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । अहिले उनीहरुको पीसीआरका लागि पठाइएको छ।
उक्त परिवार चैत ५ गते लन्डनबाट फर्किएको थियो । अहिले उक्त बिल्डिङलाई नै लकडाउन गरिएको छ ।