भारतको आन्द्र प्रदेश सरकारले प्रत्येक नागरिकलाई ३ वटा मास्क दिने



भारतको आन्द्र प्रदेश सरकारले कोरोनासँग लडन प्रत्येक नागरिकलाई ३ वटा मास्क वितरण गर्ने भएको छ । उक्त प्रदेश सरकारले कुल १६ करोड मास्क आफ्नो राज्यका जनतालाई बाड्ने भएको हो ।

आन्द्र प्रदेशमा रहेका ५ करोड ३० लाख जनतालाई ३ वटाका दरको मास्क वितरण गर्न मुख्य मन्त्री वाइएस जगनले सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन ।

राज्यभित्र रहेका कोरोना संक्रमित क्षेत्रमा विशेष ध्यान दिन समेत मुख्यमन्त्रीले निर्देशन दिएका छन । साथै उनले उच्च जोखिम भएका बृद्ध, रक्तचाप, डायविटिज लगायत अन्य विरामीलाई उच्च प्राथामिकता दिन अधिकारीहरुलाई निर्देशन दिएका छन ।

कोरोना संक्रमणको अवस्था थाहा पाउनका लागि स्वास्थ्य विभागले ४५ हजार टेस्ट गर्ने भएको छ ।

आन्द्र प्रदेशमा ४ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन ।

त्यसैगरी भारतमा कोरोना संक्रमितको संख्या साढे ८ हजार पुगेको छ भने २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन ।


क्लिकमान्डु