‘प्रभु पे’ ले ल्यायो स्मार्ट फोन नहुनेलाई मोवाइल वालेट सुविधा



काठमाडौं । ‘प्रभु पे’ ले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तर्गत १२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिनेछ ।

उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, टेलिभिजन बिल भुक्तानी तथा इन्टरनेट लगायतका बिल भुक्तानी घरमा बसीबसी गर्न सकिनेछ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ ।

स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइलफोनबाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुनसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्रदेश नं. ६ र ७ लगायत सुदूरपश्चिममा सरकारले कोरोना संक्रमणको उच्च जोखिममा राखेको समयमा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु