कोराना संकटको बेला इमाडोलमा बिपन्नलाई नि:शुल्क भोजन



काठमाडौं । कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि इमाडोलमा निशुल्क भोजन सुरु भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा ५ दिनदेखि दैनिक रुपमा निशुल्क भोजन खुवाइएको छ ।

बोजेपोखरी नागरिक समाजले ५ दिनदेखि दिनको एकपटकको खाना नि:शुल्क खुवाउन थालेको छ । नि:शुल्क भोजन दान कार्यक्रमका संयोजक जयकुमार केसीले कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनको कारण कोही भोकै बस्न नपरोस् भनेर निशुल्क भोजन खुवाउन थालिएको बताए ।

‘दैनिक एक छाक भोजन गराउदा गरिब तथा बिपन्न परिवारलाई केही भएपनि राहत हुने उद्देश्यले निशुल्क भोजन दान कार्यक्रम सुरु गरिएको हो, सुरुको दिनमा डेढ सयजनाले भोजन ग्रहण गरेकोमा त्यो अहिले बढेर साढे ५ सय पुगेको छ,’केसीले क्लिकमाण्डूसँग भने ।
भोजन खुवाउने जिम्मा भने इमाडोलमा विभिन्न व्यक्तिहरुले लिएका छन् ।

‘स्वंयसेवी रुपमा कसैले चामल सहयोग गर्र्नु भएको छ,कसैले दाल भने कसैले तेल तथा तरकारी सहयोग गर्नु भएको छ, भोजन गराउनको लागि ४० जना स्वंयसेवक खटिएका छन्,’ केसीले भने ।

सरकारले भने अनुसार कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरी खाना बनाउने काम भएको र भोजन समेत सोही अनुसार खुवाइएको उनले जानकारी दिए ।

समाजले ५ दिनदेखि दाल,भात,तरकारी र अचार गरेर निशुल्क रुपमा पेटभर खुवाउने व्यवस्था गरेको हो । समाजले यसलाई लकडाउन अवधीभर नै निरन्तरता दिने जनाएको छ । सुरुमा इमाडोलका बिपन्न परिवारलाई राहत दिने उद्देश्यले सुरु गरिएको निशुल्क भोजनमा अहिले अन्य टोलका व्यक्तिहरु पनि आएर निशुल्क भोजन लिने गरेका छन् ।


क्लिकमान्डु