२२ सय नेपाली नागरिक भारतमा क्वारेन्टाइन



काठमाडौं । भारतमा २२ सय जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । सरकारका अनुसार भारतमा कूल २ हजार २३० जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् ।

उनीहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन सक्ने र नेपालमा समेत थप परीक्षण गरेपछि मात्रै आ– आफ्नो घरमा जान सक्ने छन् । तर उनीहरु पुनः घरमा नै क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

यस्तै नेपालतर्फ पनि कूल ६६१ जना भारतीय नागरिक क्वारेन्टाइनमा रहेका छन् । नेपाल भारत सीमा क्षेत्रमा रहेका ती नागरिकलाई नेपालतर्फ प्रदेश सरकारको समन्वयमा स्थानीय तहले र भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले आवश्यक प्रबन्ध गरेको छ ।


क्लिकमान्डु