यस्तो रह्यो २०७६ सालमा सेयर बजार बैंकिङ समूहको उत्तारचढाब



काठमाडौं । यो वर्ष सेयर बजारमा निकै उतारचढाव देखिएको छ । त्यसको असर बैंकिङ समूहमा पनि परेको छ । यो वर्षको अन्तिम समयमा विश्वब्यापी फैलिएको लकडाउनको कारण धेरै सय सेयर कारोबार हुन पाएन । चैत महिनामा झण्डै एक साताको हाराहारीमा मात्रै सेयर कारोबार भयो ।

यो वर्षको समग्र कारोबारलाई हेर्दा बैंकिङ समूहमा ३५.२६ अंकको गिरावट देखिएको छ । २०७६ वैशाख २ गते १०५८ बिन्दुमा रहेको बैंसूहको उपसूचक चैत ९ गतेसम्म आइपुग्दा १०९३.२६ बिन्दुमा रोकिएको छ । त्यस यता कोरोनाका कारण सेयर बजार बन्द नै रहेको छ ।

वैशाख २ गते १०५८ मा रहेको बजार त्यसको एक साता केही बढेको थियो । त्यसपछि ओरालो लाग्न थालेको हो बजार १०१७.९२ बिन्दुमा झरेको थियो । त्यसपछि बजारमा सामान्य सुधार सुरु भएको थियो ।

तर त्यो पनि धेरै समय टिक्न सकेन । चैत ९ गतेसम्म आईपुग्दा ३५.२६ अंकले घटेको बजार फागुन १५ गते १४४०.१५ बिन्दुमा पुगेको थियो । यो वर्षको लागि बैंकिङ समूहको उपसूचमा देखिएको उच्च वृद्धि यतिमा नै सिमित भएको छ ।

यसपछि घटेको बजार चैत ९ गतेसम्म आईपुग्दा ३४६.८९ अंकले घटेर १०९३.२६ मा रोकिएको छ । यो बजारमा एकएक बढोत्तरी हुनुमा पनि कुनै कारण छैन भने एकएक गिरावट आउनुको पनि कुनै तात्विक कारण भने छैन ।

निरन्तर घटेको बजारमा अर्थमन्त्रीको बहिर्गमनलाई हेरेर पनि बजारमा चलखेल भएको थियो । बजार बढेको समयमा भने झण्डै ४३ महिनासम्म गिरावट रहेको बजार अब बुलिस टे«न्डमा जाने चर्चा समेत भएको थियो ।

तर अन्तिम समयमा भने बजारमा निकै गिरावट आएको छ । सेयर बजारमा धेरै हिस्सा बैंकिङ समूहको रहेको छ । बजार घटबढ हुँदा बैंकिङ समूहको जूनरुपमा उतार चढाव आउने गर्छ नेप्से सूचकमा पनि सोही अनुसारको उतार चढाउन हुने गरेको छ ।


पुष्प दुलाल