कोरोनाले लियो विदेशमा बस्ने १४ जना नेपालीको ज्यान
लन्डन । विश्वभर फैलिएको कोरोना भाइरसको कारण शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा ८, अमेरिकामा ५ र युएईमा १ सहित १४ जनाको ज्यान गएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा ३ हजार ५ सय २५ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जनाको स्वास्थ्यमा सुधार आएको समितिले जनाएको छ ।
विदेशस्थित नेपाली राजदूतावास, संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनाका आधारमा उक्त आँकडा तयार पारिएको डा. सापकोटाले बताए ।
संक्रमित हुनेमा देशमा अमेरिका ५ सय, युके १ सय, स्पेन १८, युएई १०, जर्मनी ४, पोतुगल ८, अष्ट्रेलिया ९, साउदी अरब ४, कुवेत ५, जापान १, मलेसिया १, म्यानरमार १ र हङकंङ १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।