कोरोनाको संक्रमण बढेसँगै अमेरिका र क्यानडामा हतियार किन्ने बढे



कोरोना महामारीले विश्वभर त्रास फैलिएको छ । मानिसहरुलाई कसरी ज्यान जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ ।

कोरोनाले गरिब धनी नभनि संक्रमण गर्न छाडेको छैन । कोरोनाको उपचार नपाएका कारण पैसाले काम नदिएको भन्दै इटालीमा बाटोभरि पैसा छरेको फोटो सामाजिक संजालमा भाइरल भयो ।

तर यहि मरामारीका बेला अमेरिका र क्यानडामा भने हतियार बिक्रीमा अत्यधिक बृद्धि भएको बताइएको छ । गत मार्चमा मात्रै अमेरिकामा २६ लाख थान हतियार बिक्री भएको आंकलन गरिएको छ । गत वर्षको मार्चमा भएको बिक्रीको तुलनामा यो ८५ प्रतिशत धेरै हो ।
त्यसैगरी बिक्री भएका हतियारको संख्या उल्लेख नभएता पनि क्यानडामा पनि उल्लेखनीय मात्रामा हतियार बिक्री भएका छन ।

महामारीका बेला किन किनिरहेका छन हतियार ?
क्यानडियन र अमेरिकनहरुले विभिन्न प्रयोजनका लागि हतियार किन्छन । केहि दशकयता अमेरिकामा हतियारको संस्कार विकाश भएको छ ।

जबकि पहिला हतियार विशेषगरी शिकार र सुटिंगका लागि प्रयोग गरिन्थ्यो । त्यसैगरी कानुन संशोधन र हतियारको विज्ञापनले आफ्नै सुरक्षाका लागि हतियार प्रयोगका बृद्धि भएको हो ।

सन् १९७० को दशकमा २० प्रतिशत हतियार राख्नेहरुले आफ्नो सुरक्षाका लागि हतियार राखेको बताएका थिए । त्यसैगरी १९९० को दशकमा अमेरिकाको कानुनले घरबाहिर पनि हतियार लिएर हिडन मिल्ने कानुन बनाएपछि हतियारको प्रयोगमा बृद्धि भएको थियो ।

जसमध्ये ४६ प्रतिशतले आफ्नो सुरक्षाका लागि हतियार किनेको उल्लेख गरेका थिए ।

पछिल्ला अध्ययनले ७६ प्रतिशत हतियारधारीहरुले सुरक्षा नै हतियार प्रयोग गर्नुको पहिलो कारण भएको देखाएको छ ।

अहिलेको कोरोना महमारीका बेला भएको हतियार खरिदलाई पनि रहस्यय तरिकाले हेरिएको छ । पहिलोपटक हतियार किन्नेहरुले महामारीका बेला हुनसक्ने लुटपाट, हिंसा र सरकारको आपतका बेल सामना गर्ने क्षमताका कारण प्रतिक्रिया दिएका छन ।

तर क्यानडामा आत्म सुरक्षाका लागि हतियार किन्न पाउनुलाई कानुनी मान्यता दिइएको छैन । क्यानडाका नागरिकले किन महामारीका बेला हतियार किनेका छन भन्ने अध्ययन भएको छैन । तर हतियार व्यापारिहरुसँग गरिएको कुराकानीमा क्यानडाका जनता हिंसाको डरभन्दा पनि अनिकालको डरमा छन किनकी क्यानडाको सप्पाई चेन विशेषगरी अमेरिकासँग जोडिएको छ ।

अमेरिकाबाट सप्लाई रोकिएमा वा कमि भएका सिकार खेल्न काम लाग्ने उनीहरुको सोचाइ छ ।

हतियार कसले किनिरहेका छन ?
अमेरिकामा कोरोना महामारीका बेला हतियार किन्ने अधिकांशले पहिलोपटक हतियार किन्न लागेको प्रतिक्रिया दिएका छन ।

अहिले बिक्री भएका अधिकांश हतियार हाते बन्दुक भएको हतियार वितरकहरुले जनाएका छन । त्यसैगरी क्यानडामा अहिले हतियार किन्ने अधिंकाश पहिलो पटक हतियार किन्ने रहेका छन् ।

अमेरिकामा हाते बन्दुक बिक्री भइरहेका बेला क्यानडामा भने लामा बन्दुकको बिक्री धेरै भएका छन । शिकार गर्न सजिलो हुने भएकाले क्यानडामा लामो दुरीमा हान्न सकिने खालका हतियार बिक्री भएको आंकलन गरिएको छ ।

त्यसै गरी हाते बन्दुक लिनेहरुका लागि क्यानडामा अमेरिकाको तुलनामा कडा नियम छ । हाते बन्दुक लिनका लागि विशेष खालको लाइसन्स बनाउनुका साथै सुटिंग क्लबमा सदस्यता हुनपर्छ जसले गर्दा वार्षिक रुपमा सयौ डलर तिर्नुपर्छ ।

क्यानडामा रहेका २२ लाख हतियार लाइसेन्सबाहकहरुमध्ये एक तिहाईसँग मात्र हातेबन्दुक किन्न पाउने लाइसेन्स रहेको छ ।


क्लिकमान्डु