लेफ्टिनेन्ट कर्नेलको शव लिन श्री एयरलाइन्सको विमान सुडान गयो



काठमाडौं । हृदयघातका कारण मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) रिदेश विस्टको शव लिनका लागि शनिबार श्री एयरलाइन्सको विमान सुडान प्रस्तान गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार शनिबार बिहान विमान सुडानतर्फ प्रस्तान गरेको हो ।

गत चैत १७ गते मृत्यु भएका विष्टको शव ल्याउने काम लकडाउनका कारण ढिलाइ भएको थियो । सुडानमा शान्ति सेनाका रुपमा खटिएका उनको शव ल्याउने सम्पूर्ण जिम्मेवारी युएनले लिन्छ । शव भोलि आइतबार दिउँसोसम्म नेपाल आइपुग्नेछ ।

जापानी नागरिक घर फर्किए
लकडाउनका कारण नेपालमै रहन बाध्य भएका १९७ जना जापानी नागरिकहरु शुक्रबार घर फर्किका छन् ।

पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार शुक्रबार राति ८ बजेर १४ मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट १९७ जना यात्रु जापानको नारिका गएका हुन् । उनीहरुलाई लैजानका लागि नेपालस्थित जापानको दूतावासले अग्रसरता लिएको थियो ।


क्लिकमान्डु