क्यानडामा पनि कोरोनाका कारण १० लाखभन्दा धेरै बेरोजगार
काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्दै गएको छ । अर्थतन्त्रमा नकरात्मक प्रभावका सँगसँगै बेरोजगारहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको छ ।
कोरोना भाइरसकै कारण क्यानडामा पनि १० लाख १० हजार रोजगारी कटौती भएका छन । सन् २००९ को जनवरीमा पनि १ लाख २९ हजार जागिर कटौती भएका थिए ।
फुल टाइम काम गर्ने ४ लाख ७४ हजार जनाको रोजगारी गुमेको छ भने धेरैजसो जागिर निजी क्षेत्रमा काम गर्नेहरुले गुमाएका छन् । क्यानडाको तथ्यांक अनुसार निजी क्षेत्रमा काम गर्ने ८ लाख ३० हजार २ सय जना बेरोजगार भएका छन् ।
क्यानडाको वरिष्ठ अर्थविद् स्टेफन ब्राउनले भनेका छन्– क्यानडामा बेरोजगारीको संख्या अझै बढने देखिन्छ । बेरोजगार १५ प्रतिशतले झर्ने आँकलन गरिएको छ ।
कोरोना भाइरसकै कारण अमेरिकामा लाखौं नागरिकले आफू बेरोजगार भएको सरकारसँग दाबी प्रस्तुत गरिसकेका छन ।