भारतले औषधि दिने भएपछि ट्रम्पको प्रतिक्रिया: संकटमा गरेको सहयोग बिर्सनेछैनौ



कोरोना संक्रमितको उपचारका लागि भारतले अमेरिकालाई औषधि दिने भएको छ । कोरोना संक्रमितहरुको संख्यामा तीब्र बृद्धि भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औषधि पठाइदिन अनुरोध गरेका थिए ।

मोदीसँगको कुराकानीमा ट्रम्पले भारतले मलेरियाको औषधि ठूलो परिमाणमा उत्पादन गर्ने भएकाले अमेरिकामा उक्त औषधि पठाइदिन भन्दै फोन वार्ता नै गरेका थिए ।

कोरोनाको औषधि पत्ता नलागेकाले अमेरिकामा कोरोनाका विरामीहरुलाई मलेरिया विरुद्धको औषधि दिइदै आएको छ ।

केहि हप्ताअघि भारतले औषधि निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । निर्यातमा रोक लगाएको अवस्थमा अमेरिकाको अनुरोधलाई के गर्छ भन्ने चासोकाबीच भारतले उक्त औषधि निर्यात गर्ने निर्णय गरेको छ ।

केहि दिन अघि भारतले अमेरिकालाई औषधि सहयोग नगरेमा सम्बन्धमा चिसोपना आउन सक्ने चेतावनी समेत ट्रम्पले दिएका थिए ।

मलेरियाका विरामीहरुमा प्रयोग गरिने हाइड्रोक्लोरोक्वाइन औषधि पाउने भएपछि ट्रम्पले भारतले लगाएको गुण अमेरिकाले कहिल्यै नविर्सने प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले भारतलाई धन्यबाद दिएपछि टुइट गर्दै नरेन्द्र मोदीले भनेका छन – भारतले कोभिड १९ विरुद्धको लडाइमा सबै सम्भावित प्रयासहरु जारी राख्ने र संगै मिलेर सफलता हासिल गर्ने बताएका छन ।

भारत र प्रधानमन्त्री मोदीलाई धन्यबाद दिँदै ट्रम्पले भनेका छन– भारतले संकटका बेला गरेको सहयोग कहिल्यै बिर्सनेछैनौ ।

भारतलाई उक्त औषधिको निर्यात खुलाउन ३० वटा भन्दा धेरै देशले अनुरोध गरेका थिए ।


क्लिकमान्डु