कोरोनाका कारण रसियामा मदिराको व्यापार दोहोरो अंकले बढ्यो
कोरोना संक्रमण देखिएपछि लकडाउन भएको रसियामा मदिराको व्यापारमा बृद्धि भएको छ । पछिल्लो हप्ताहरुमा रसियाका खुद्रा ब्यापारिहरुले अल्कोहलको व्यापारमा बृद्धि भएको प्रतिक्रिया दिएका छन् ।
ब्यापारीहरुका अनुसार मानिसहरु भोड्का, ह्वीस्की र वियर किन्न निस्किएको देखिन्छ ।
मार्चको अन्तिम साता रसियामा भोडकाको व्यापारमा ३१ प्रतिशत बृद्धि देखियो । त्यसैगरी ह्वीस्कीको व्यापारमा ४७ प्रतिशत बृद्धि भएको छ भने वियरको व्यापार २५ प्रतिशतले बढेको छ ।
धेरै रसियन कम्पनीहरुले कर्मचारीहरुलाई घरबाट काम गर्न भनेका छन् । कतिपय कम्पनीले कर्मचारीलाई बेतलबी बिदा लिन भनेका छन् भने कतिपयले तलब काटिदिने र कर्मचारी निकाल्ने समेत गरेका छन् ।
रसियाको मस्कोमा जनताहरु खाद्यान्न र औषधि किन्न जान मात्र पाउँछन्। त्यसैगरी आकस्मिक स्वास्थ्य सेवा, कुकर घुमाउनमात्र खुला गरिएको छ ।
रसियाको एक ठूलो फुड रिटल चेन म्याग्निटले देशमा आंशिक लकडाउन घोषणा भएपछि मदिराजन्य पदार्थको बिक्रीमा दोहोरो अंकको बृद्धि भएको जनाएको छ ।
मुख्य अल्कोहल सप्लायरका म्यानेजरका अनुसार लकडाउन शुरु भएपछि आयात गरिएका सस्ता मदिराको दोब्बर बिक्री भएको छ ।
मस्कोको एक बजेट सुपरमार्केटका एक कमचारीका अनुसार मानिसहरुले भोड्का, ह्वीस्की, वियर जे किन्न सक्छन त्यही किनीरहेका छन । मानिसहरुले विशेष गरी सस्ता मदिरा खरिद गरिरहेको समेत उनले बताएका छन ।
मदिरा सेवन कम गर्ने अभियान चलाउने सोबर रसियाका प्रमुख सुल्तान खामजायब भन्छन– पछिल्लो समय रक्सीको ब्यापार बढनुमा लामो विदा, स्ट्रेस, डरले काम गरिरहेका छन ।
त्यसैगरी रसियाली नागरिकहरुमा मदिराले कोरोना भाइरस लाग्नबाट केहि हदसम्म जोगाउने विश्वास रहेको छ ।
रसियाका अधिकारीहरुले भने मदिराले कोरोना निको गराउने र लाग्नबाट बचाउने कुरा सत्य नभएको बताउदै आएका छन्।
सबै कुरा मदिराले ठीक गर्न खोज्नु र स्वास्थ्य सेवा नलिनुले अवस्था झन खराब हुन सक्ने रसियाका स्वास्थ्यमन्त्री मिखहेल मुराक्कोले बताएका छन् ।