चीनमा पुन ४२ वटा नयाँ कोरोना संक्रमित भटिए



कोरोना भाइरसको उदगमस्थल चीनमा पुन ४२ वटा नयाँ कोरोना संक्रमित भेटिएका छन ।

नयाँ भेटिएका कोरोना संक्रमितहरुमा ३८ जना आयातित संक्रमित भएको बताइएको छ । नयाँ संक्रमित भेटिएसँगै चीनमा कोरोना संक्रमितको संख्या ८१ हजार ९ सय ७ जना पुगेका छन ।

त्यसै गरी हुबेइमा एक जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ३ हजार ३ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

७६ दिनको लकडाउनपछि चीनमा विस्तारै बजार खुल्न थालेका छन् । बजार खुले पनि नयाँ संक्रमित देखिन थालेपछि चीन कोरोनाको दोस्रो चरणमा जान सक्ने राष्ट्रपति सी चिनफिङले बताएका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । विश्वभर कोरोना संक्रमितको संख्या १६ लाख पुगेको छ भने हजारौले ज्यान गुमाएका छन् ।


क्लिकमान्डु