ट्वाइलेट पेपर लुकाएको निहुँमा आमा कुट्ने छोरा पक्राउ



अमेरिकाको क्यालिफोर्नियामा ट्वाइलेट पेपर लुकाएको भन्दै आमालाई चडकन हान्ने एक युवक पक्राउ परेका छन ।

छोराले आमालाई कुटेपछि प्रहरीलाई बोलाइएको थियो । कोरोना महामारीका बेला बजारमा सामानको उत्पादन कम भएको र सामान अभाव हुने भन्दै आमाले कम खपत गर्न ट्वाइलेट पेपर लुकाएकी थिइन ।

कोरोना महामारी र सामान अभाबको ख्याल नगरी छोराले अत्य धिक धेरै पेपर प्रयोग गरेको आमाले प्रहरीलाई बयान दिएकी छिन । आमालाई कुटेपछि छोरा एड्रियन यान र उनकी आमाबीच चर्काचर्की चलेको थियो ।

एड्रियनकि आमाले प्रहरीलाई भनेकी छिन– अहिले कोरोना महामारीका बेला सामानको उत्पादन कम हुँदा बजारमा सामान अभाव देखिन थालेनेका छ । यस्तो अभावका बेला पनि उसले अत्यधिक धेरै पेपर प्रयोग गरेपछि मैले पेपर लुकाएकी हुँ । त्यसैगरी प्रहरीका अनुसार देशमा लगाइएको लकडाउनका कारण घरेलु हिंसाका घटनामा बृद्धि भएको छ ।


क्लिकमान्डु