कोरोना भाइरसको कारण ३२ प्रतिशतले ब्यापार घट्ने डब्लुटीओको प्रक्षेपण



कोरोना भाइरसको कारण विश्वभरमा आर्थिक अवस्थामा ठूलो आर्थिक मन्दी आउने देखिएको छ ।

विश्व व्यापार संगठन (डब्लुटीओ) का प्रमुख रोबर्टो अजेवेदोले संसारले अहिले सामना गरिरहेको भाइरसको कारण ठूलो मन्दीमा पुर्याकउन सक्ने बताए ।

यो मन्दी सन् २००८को आर्थिक मन्दीभन्दा ठूलो हुने प्रक्षेपण डब्लुटिओले गरेको छ । ‘वर्तमान अवस्थालाई हेर्दा दीगो आर्थिक बृद्धिका लागि जे पनि उपायहरु उपयोग गर्नु हाम्रो लक्ष्य हुनुपर्दछ जसले गर्दा परिस्थिति परिवर्तन गर्न सकियोस्।’डब्लुटिओका प्रमुख अजेवेदोले भने ।

डब्लुटिओले विश्वव्यापी ब्यापार ३२ प्रतिशतसम्म घट्न सक्ने प्रक्षेपण गरेको छ ।

डब्ल्यूटीओले कोरोनाभाइरसको कारण २०२० मा विश्वव्यापी व्यापार एक तिहाईसम्म घट्ने प्रक्षेपण गरेको छ । संगठनले जारी विज्ञप्तिमा भनेको छ,‘विश्व व्यापार २०२० मा १३ देखि ३२ प्रतिशतसम्म घट्न सक्छ,’ डब्लुटिओले २०२१ मा विश्व व्यापार मा २० प्रतिशत बढ्ने अनुमान गरेको छ । डब्लुटिओले रिकभरीको अनुमान गर्न नसकिने जनाएको छ ।

विश्व व्यापार संगठन प्रमुखले संकटको सामना गर्न सबै देशले मिरेल काम गर्नुपर्ने बताएका छन् ।

कोरोनाको कारण लगभग सबै क्षेत्रहरु प्रभावित हुनेछ, तर सबैभन्दा अधिक प्रभाव इलेक्ट्रोनिक र अटो उद्योगमा देखिने छ । तिनीहरूको व्यवसाय ओरालो लाग्ने छ । सेवा व्यापार मा प्रभाव ठूलो प्रभाव पर्ने छ ।

नेपाललाई पनि कोरोनाको महामारीले आगामी दिनमा थप समस्या पार्ने देखिन्छ । नेपाललाई भन्सार रहित बजार पहुँच दिएका युरोपियन देशहरुमा पर्ने असरले नेपालले गर्ने निर्यातमा दीर्घकालिन असर पर्ने देखिन्छ ।


क्लिकमान्डु