निजी ल्यावमा पनि कोरोना परीक्षण निःशुल्क बनाउन भारतमा सर्वोच्च अदालतको आदेश



भारतको सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क बनाउन आदेश दिएको छ ।

सरकारले सरकारी र निजी प्रयोगशालामा गरीने कोरोना परीक्षण निःशुल्क हुने सुनिश्चितता गर्न आदेश दिएको हो ।

सरकारी अस्पतालमा कोरोना परीक्षण यसअघि नै निःशुल्क भएपनि निजी ल्याबहरुले ४ हजार ५ सय भारु लिन नपाउने सर्वोच्च अदालतले निर्णय गरेको हो ।

भारतका विभिन्न निजी ल्याबहरुले कोरोना परीक्षणमा ४ हजार ५ सय भारु शुल्क लिदै आएका छन । उक्त आदेशमा भनिएको छ – अहिले देशब्यापी महामारी चलिरहेको छ । यस्तो अवस्थामा कोरोना परीक्षण गर्दा ४ हजार ५ सय रुपैयाँ शुल्क लिनु राम्रो होइन ।

महंगो शुल्क भएकै कारण भारतको विभिन्न भुभागमा रहेका नागरिकहरु कोरोना संक्रमण परीक्षणबाट बञ्चित हुने परिस्थिति आउन हुँदैन । अदालतले थप स्पष्ट पार्दै भनेको छ – महामारीका बेला निजी ल्याबहरुको मानवता प्रस्तुत गरी महामारी न्युनिकरणमा महत्वपूर्ण भूमिका रहन्छ ।


क्लिकमान्डु