सरकारले शुरु गर्यो अनलाइन व्यवसाय, अर्डर गरेपछि घरमै आइपुग्छ खाद्यान्न



काठमाडौं । सरकारले पहिलो पटक अनलाइन व्यवसायमा हात हालेको छ । बुधबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीाले आजदेखि अनलाइन व्यवसाय शुरु गरेको वाणिज्य मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।

कम्पनीले नेपालफुड डट जीओभी डटएनपीबाट सो सेवा लिन सक्नेछन् ।

जस अन्तर्गत कम्पनीले अनलाइनबाट प्राप्त अर्डर घरमै पुगेर डेलिभरी गर्नेछ । कम्पनीले खाद्यान्नको डेलिभरी चक्रपथभित्र दिने गरी आफ्नो सेवा शुरु गरेको हो । जसमा ग्राहकले अनलाइनमार्फत खाद्यान्न अर्डर गर्न सक्नेछन् ।

कम्पनीका अनुसार खाद्यान्न अर्डर गरेको २ दिनभित्र घरमै डेलिभरी गरिन्छ । अर्डर गर्नका लागि कम्पनीमा न्यूनतम २ हजार रुपैयाँको अर्डर गर्नुपर्छ ।

कम्पनीले अनलाइनमार्फत विभिन्न ब्राण्डका चाम, कर्णालीको सिमी, फापर, इन्डक्सन चुल्होलगायतका सामग्री घरमै डेलिभरी गर्नेछ ।

कम्पनीका अनुसार लकडाउन अवधिभर भने डेलिभरी शुल्क नलिने जनाएको छ । साथै अनलाइन खरिदरमा विभिन्न सामग्रीमा १० प्रतिशत छुट समेत कम्पनीले दिएको छ ।

अर्यालका अनुसार यो सेवा अन्य क्षेत्रमा पनि विस्तारै विस्तार हुनेछ ।


क्लिकमान्डु