हुलास स्टिलद्वारा अस्थायी क्वारेन्टाइनलाई ४० वटा बेड सहयोग



काठमाडौं । हुलास स्टिल इन्डष्ट्रिजले सिमरामा रहेको क्वारेन्टाइनको लागि ४० वटा बेड सहयोग गरेको छ ।

कोरोना भाइसर संक्रमणको रोकथामको लागि सिमरामा बनेको अस्थायी क्वारेन्टाइनको लागि गोल्छा संगठन अन्तर्गतको हुलासले ४० वटा बेड सहयोग गरेको जनाएको छ ।

हुलासले आफ्नो सामाजिक उत्तरदायित्व अनुसार सहयोग गरेको जनाएको छ । हुलासले मानिसको दैनिक जीवनमा आवश्यक पर्ने सामान पनि सहयोग गरिरहेको जनाएको छ ।


क्लिकमान्डु