कोरोना भाइरसविरूद्ध लड्न विश्व बैंकद्वारा नेपाललाई २९ मिलियन डलर सहयोग



काठमाडाैं । विश्व बैंकले नेपाललाई फास्ट ट्रयाकबाट २९ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकले कोभिड–१९ आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी प्रोजेक्ट अन्तर्गत नेपाललाई उक्त सहयोग गर्ने भएको हो ।

मंगलबार अर्थमन्त्रालय र विश्व बैंकबीच उक्त सहयोगमा सम्झौता समेत भएको छ । यो सहयोगले कोरोना भाइरसको प्यान्डामिक अवस्था र सार्वजनिक स्वास्थ्य सुधारमा सहयोग हुने अपेक्षा विश्व बैंकको छ ।

प्रोजेक्ले तत्कालिन सहयोग गर्न सक्षमताका लागि आवश्यक तयारीमा सहयोगी हुनेछ । यसले आपतकालीन सहयोग गर्नुका साथै संक्रमितको पहिचानमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै सहयोगले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार परीक्षण तथा ट्रेसिङ गर्न सहयोगी हुनेछ ।

यो सहयोग आईसीयू निर्माणमा, अस्पतालमा बेडका लागि, आइसोलेसनको सुविधाका लागि खर्च हुनेछ । यो प्रोजेक्ट स्वास्थइ तथा जनसंख्या मन्त्रालयमार्फत खर्च हुनेछ ।

‘छोटो समयमै पनि विश्व बैंकले गरेको सहयोगप्रति हामी धन्यवाद दिन चाहन्छौं, यो सहयोगले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि र सार्वजनिक स्वास्थ्य क्षमता बढाउनका लागि सहयोगी हुने अपेक्षा समेत गरेका छौं,’ अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले भने ।

स्वास्थ्य मन्त्रालयले तीन वटै तहको समन्वयमा यो प्रोटेक्ज लागू गर्नेछ ।

‘कोभिड १९ को अप्रत्याशित संकटसँग लड्नका लागि यो सहयोग नेपालका लागि फाइदाजनक हुने अपेक्षा गरेका छौं,’ विश्व बैंकका नेपालस्थित म्यानेजर फारिस हादाद जेरोभले भने ।


क्लिकमान्डु