
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १.५३ अंकको सामान्य सुधार भएको सेयर बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट भएर २६८३.१५ अंक पुगेको हो ।
मंगलबार बजार परिसूचक नेप्से १२.५८ अंक (०.४६) प्रतिशतले गिरावट भएको हो । नेप्सेमा गिरावट भए पनि होटल तथा पर्यटन समूहको सूचक १.७९ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक समूहको सूचक ०.३७ प्रतिशत र म्युचुअल फण्ड समूहको सूचक १ प्रतिशतले बढेको छ ।
यस्तै वित्त कम्पनी उपसूचक सर्वाधिक १.०९ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर समूहको सूचक ९.९७ प्रतिशतले गिरावट भएको छ । बैंकिङ समूहको सूचक ०.६३ प्रतिशत र विकास बैंक समूहको सूचक ०.६१ प्रतिशतले घटेको छ ।
बजार परिसूचकमा गिरावट भए पनि कारोबार कारोबार रकम बढेको छ । सोमबार ८ अर्बभन्दा केही माथिको कारोबार भएको बजारमा मंगलबार बढेर साढे ८ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ । मंगलबार ९२ हजार ३३८ वटा कारोबारमा १ करोड ८७ लाख ३ हजार कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एसवाई प्यानलको सर्वाधिक ५९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार हुँदा आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँको कारोबार भएको छ । युनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै पिपुल्स पावरको २५ करोड ८ लाख रुपैयाँ र बन्दिपुर एण्ड टुरिजमको २४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कुल २५९ सुचिकृत कम्पनीको कारोबार हुँदा १९० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ६६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा हिमालयन लार्ज क्याम्प फण्डको इकाइमूल्य ९.९५ प्रतिशत, मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ५.७९ प्रतिशतले बढेको छ ।
पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ५.१५ प्रतिशत र रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य ४.८७ प्रतिशतले बढेको हो । यता सान्भी इनर्जी सेयरमूल्य ४.६३ प्रतिशत, पियोर इनर्जी सेयरमूल्य ४.५९ प्रतिशत, शिवश्री हाइड्रोपावरको सेयरमूल्य ४.०५ प्रतिशतले गिरावट भएको छ ।
यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ४.०४ प्रतिशतले घटेको छ ।










प्रतिक्रिया