आगामी २ साता हाम्रा लागि थप चूनौतीपूर्ण हुनेछन्: प्रधानमन्त्री



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ साता हाम्रा लागि थप चूनौतीपूर्ण हुन सक्ने बताएका छन् । त्यसका लागि सबैले सतर्कता अपनाउनु पर्ने उनले बताए ।

मंगलबार देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभइ समूदायमा फैलने उच्च जोखिमको अवधि पनि भएको बताउँदै यो महामारीको संकट फैलिन नदिन हाम्रो सारा प्रयास एकीकृत गरिने उल्लेख गरे ।

यसै हप्ताबाट प्रयोगबाट ल्याइएको र्यापिड टेस्टले परीक्षण थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

सोम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनका कारणले कोरोना भाइरसको संक्रमण फैलनबाट रोकिएको छ र ९ जनामा मात्रै हालसम्म सीमित भएको बताउँदै  कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि आजदेखि थप ८ दिन लकडाउनको अवधि बढाउन बाध्य भएको बताए ।

उनले स्वास्थ्यकर्मीले देखाउनु भएको सक्रियता रहेको बताउँदै  देश विदेशबाट प्राप्त सहयोग पनि राम्रो रहेको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिको कति महत्व छ भन्ने यसबाट प्रष्ट भएको बताए ।

उनले बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा देखिएसँग दोस्रो चरणमा प्रवेश गरेको बताउँदै यसबाट हामी थप सजगता अपनाउनु पर्ने देखिएको बताए ।

बिरामी ओरासपसारको व्यवस्था, सीसीएमसी सबैको साझेदारीमा सञ्चालन गरिने उनले बताए ।

उनले देशभर ९ हजार १६८ क्वारेन्टाइनमा  रहेको उल्लेख गर्दै  ३२६९ आइसोलेसन बेडमध्ये ९५ जना आइसोलेसनमा छन् । संक्रमण फैलिन नदिनका लागि काममा जुटेको बताए ।

पीसीआर प्रविधिबाट परीक्षण शुरु भइसकेको जानकारी दिँदै हिजोसम्म १८ सयभन्दा बढीको परीक्षण भइसकेको छ भने संक्रमण भएका जिल्लामा दु्रत विधिबाट परीक्षण अघि बढाइएको बताए ।

विदेशबाट आउने मानिसहरुले क्वारेन्टाइनमा बस्न नमानेकाले चिन्ता थपेको छ । तपाइको लापरबाही परिवार र समूदायमा महंगो पर्न सक्छ । सीमामा रहनु भएका नेपालीले भोग्नु परेको समस्या हामीले बुझेका छौं ।

तर संक्रमणलाई रोक्न सीमामा रोक्न बाध्य भएका छौं । भारतसँगको सहकार्यमा उतै राखेको छौं भने सीमा यता भएका ७०० भारतीयलाई राखेका छौं । र, यो उचित उपाय अपनाएको हो भन्ने बुझ्नु भएकै छ ।

विश्वव्यापी रुपमा कतिपय नेपालीमा संक्रमित हुनु भएको छ भने कतिपयको मृत्यु पनि भइसकेको छ ।सुंकटको यस अघिमा हाम्रो सहानुभी र सद्भाव छ । दूतावास, गैरआवासीय नेपालीहरु समस्या समाधानमा क्रियाशिल छन् ।

विदेशमा रहेका नेपालीका बारेमा राष्ट्रपतिले समेत दूतावासमार्फत जानकारी लिइरहनु भएको छ । श्रमिकहरु धेरै भएका मुलुकबाट मैले जानकारी लिइरहेको छु । संकटको घडीमा जो जहाँ छौ त्यही बसौं । संकटको कालो बादल हटेर पक्कै जानेछ ।

नेपालले सीमित स्रोत र साधनका वाबजुत पनि स्वदेशी र विदेशीको ध्यान राखेको बताए र यो सबै सरकारको कर्तव्य समेत रहेको बताए ।


क्लिकमान्डु