लकडाउन अवधिभर सेयर बजार कारोबार बन्द हुने, बैशाख ३ सम्म सेयर किनबेच नहुने



काठमाडौं । कोरोना भाइरसको कारण सरकारले लकडाउन अवधि बैशाख ३ गतेसम्म पुर्याएसँगै सेयर कारोबार पनि त्यो अवधिसम्मको लागि बन्द हुने भएको छ ।

यसअघि चैत २५ गतेसम्मको लागि सरकारले लडकाउन गरेसँगै बजार पनि उक्त दिनसम्मको लागि बन्द गरेको थियो । सरकारले तेस्रो चरणको लकडाउन गरेसँगै सेयर कारोबार पनि बन्द हुने भएको छ । नेप्से निकट स्रोतका अनुसार यो बेलामा बजार खोल्नु सान्दर्भिक नहुने भन्दै बजार बन्द हुने भएको छ ।

नेप्सेका एक अधिकारीका अनुसार यस अघि पनि २ बजार सूचना जारी गरेर बन्द भएको छ । यो पटक पनि बजार बन्द हुन्छ । लकडाउन खुलेसँगै सेयर बजार खुल्नेछ ।

स्रोतका अुनसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को छलफलपछि आधिकारीक सूचना जारी हुने छ ।


क्लिकमान्डु